काठमाडौँ, २१ भदौ । बेलायतको प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त भएकी छन् ।
बालमोरल क्यासलमा महारानी एलिजाबेथ द्वितीयलाई भेटेपछि लिज ट्रस औपचारिक रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएको बीबीसीले जनाएको छ ।
यसअघि मङ्गलवार नै निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयलाई भेटेर औपचारिकरूपमा राजीनामा दिएका थिए ।
ट्रसले कन्जरभेटिभ पार्टीको नेता बन्ने प्रतिस्पर्धामा प्रतिद्वन्द्वी ऋषि सुनकलाई पराजित गरेकी थिइन् । ट्रस बेलायतकी तेस्रो महिला प्रधानमन्त्री बनेकी छन् ।