Logo

बेलुन फुलाउने सिलिन्डर विस्फाेट हुँदा एक जनाकाे मृत्यु



कपिलवस्तु, २ माघ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं.९ कपिलधाममा आयोजित थारु समुदायको मेलामा बेलुन फुलाउने सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

सिलिन्डर विस्फोट हुँदा बेलुन बिक्रेता वाणगंगा-८ का ६५ वर्षीय नासिर मोहम्मदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपक बाबु केसीले बताए ।

घटना भएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्