Logo

बेल्स मोडल स्कुलको पाँचौं वार्षिक उत्सवको अवसरमा बिविध कार्यक्रम सम्पन्न



झापा,  १७ माघ । झापाको बिर्तामोड ७, भूषाबारीमा अबस्थित बेल्स मोडल स्कुलले पाँचौं वार्षिक उत्सवको अवसरमा बिविध कार्यक्रम सम्पन्न गरेको छ ।

बेल्स मोडल स्कुलले पाँचौं वार्षिक उत्सवको अवसरमा बुधबार र बिहीबार बिबिध सांस्कृतीक कार्यक्रम सम्पन्न गरेको हो । बिद्यालयका सस्थापक अध्यक्ष जय कुमार प्रसाईले उद्घाटन गरेको कायक्रममा स्वागत बिद्यालय संयोजक देवान ढुङ्गानाले भएको थियो ।

कार्यक्रमका औचित्य माथी प्रकाश पार्दै बिद्यालयका प्रिन्सिपल तारा कुमार प्रसाईले बिद्यालयको बिविध गतिबिधीको बारेमा जानकारी गराउनु भएको थियो । प्रिन्सिपल प्रसाईले बिद्यालयको शैक्षिक गुणस्तर उकास्न सुबिधा सम्पन्न थप कक्षा कोठा निर्माण कार्य भैरहेको जानकारी दिनुभयो ।

बिद्यालय स्थापनाको छोटो समयमा अभिभाबकले गरेको बिश्वासलाई प्राथमीकतामा राखेर जिबन उपयोगी व्यबहारीक शिक्षामा जोड दिईएको उहाले बताउनु भयो । सिपमुलक जिबन उपयोगी व्यबहारीक शिक्षा आजको अवस्यकता भएको जनाउदै उहाले बिद्यार्थीको सर्वाङ्गीण बिकाशलाई उच्च प्रथमीकतामा राखीएको भनाई राख्नुभयो ।

कार्यक्रममा कक्षा नर्सरी देखि ११ कक्षा सम्मका बिद्यार्थीले बिबिध मनोरञ्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमा बिद्यालयमा अध्यनरत प्रत्येक बिद्यार्थीलाई कार्यक्रममा समाबेश गराईएको थियो ।

उदघाटन कार्यक्रममा अभिभावक संघका अध्यक्ष तारा प्रसाद चापागाई, शिक्षासेवी ज्ञानु मैनाली लगायतले शुभकामना मन्तव्य राख्नुु भएको थियो ।

दुईदिनसम्म चलेको कार्यक्रममा अभिभावकको समेत उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । स्थापनाको पाँच वर्ष पूरागरेको बिद्यालयमा हाल कक्षा ११ सम्म झण्डै एघार सय बिद्यार्थी अध्ययन गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्