Logo

बैंककबाट काठमाडौं आएका भारतीय नागरिकको लगेजमा गाँजा, दुई जना नियन्त्रणमा



काठमाडौं, ७ पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध  करिब चार किलो २८४ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका सिंहको लगेज जाँच गर्ने क्रममा लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिएको हो।

त्यसैगरी, सोही लागूऔषध संकलन गर्न विमानस्थल पुगेका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्