Logo

बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुग्यो: कार्की



मोरङ, २९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएको बताए ।

मुख्यमन्त्री कार्कीले साना उद्यमीले जग्गा उपलब्ध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डार गृहको निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले साना उद्योगले बजारीकरणका लागि आफ्नो उत्पादन गणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै बलियो प्याकेजिङका लागि आवश्यक पर्ने औजारलगायतका सामग्री सरकारले उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्