काठमाडौँ, १३ भदौ । चेक अनादर गरेको बैंकिङ कसुरमा दोषी ठहर भइ दुई वर्ष कैद तोकिएर फरार भएका दुई व्यक्तिलाई प्रहरीले काठमाडौँको सतुङ्गलबाट पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालत पोखराको गत असार १ गतेको आदेशानुसार दुई वर्ष कैद सजाय तोकी फरार रहेका प्रतिवादी राजेन्द्र भण्डारी र निर्मला कार्की भण्डारीलाई सतुङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
मदन केसीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कास्की घर भई हाल जिल्ला काठमाडौँको सतुङ्गल घर भएका ४५ वर्षीय राजेन्द्र भण्डारी भएको चेक अनादर बिगो मुद्दामा उनी दोषी ठहर भएका थिए ।
निर्मला कार्की (भण्डारी)विरुद्ध प्रविनकुमार श्रेष्ठले जाहेरी दिएका थिए । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी फैसला कार्यान्वयन तथा थप अनुसन्धानका लागि काठमाडौँबाट वडा प्रहरी कार्यालय रामबजार कास्की पठाइएको रेग्मीले जानकारी दिए ।







