Logo

बैंक अकाउन्ट ह्याक गरी रकम निकालेकाे आराेपमा आठ जना पक्राउ



काठमाडौँ, २० माघ । बैंक अकाउन्ट ह्याक गरी रकम निकालेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालको एनआईसी एसिया बैंकमा रहेको मोबाइल बैंकिङ्क खाता ह्याक गरी चार लाख रुपैयाँ निकालेको आरोपमा आठ जना पक्राउ परेका हुन् । ढकालले रकम चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए ।

उजुरीको आधारमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेष कुमारलाई काठमाडौँ र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रवार आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् । उनीहरुको साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटीएम कार्ड पनि बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बैंकिङ्क कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्