Logo

बैङ्किङ कसूरका फरार अभियुक्त शिवाकोटी बिर्तामोडबाट पक्राउ



झापा, २१ पुष । बैङ्किङ कसूर मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका बिर्तामोड–१ निवासी ५६ वर्षीय भानुप्रसाद शिवाकोटीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–१ स्थित अतिथि सदन नजिकै रहेको उनको निवासबाट शिवाकोटीलाई पक्राउ गरेको हो।

झापा जिल्ला अदालतको २०८१ फागुन १८ गतेको फैसलाअनुसार शिवाकोटीलाई २ वर्ष कैद सजाय तोकिएको थियो। अदालतको फैसला पश्चात् फरार रहेका उनलाई खोजीका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्