Logo

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु ४५ घाइते



बैतडी, २३ माघ । बैतडी जिल्लामा जन्ती बोकेको बस दुर्घटनामा पर्दा ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। दुर्घटना बिहीबार साँझ पुर्चौडी नगरपालिका–७ बडगाउँ मोड नजिक भएको हो।

पुर्चौडीबाट बझाङतर्फ जन्ती लिएर जाँदै गरेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मी उद्धारमा जुटेका छन्। घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ। विवाहको यात्रामा निस्किएको जन्ती दुर्घटनामा परेपछि क्षेत्र शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस्