काठमाडौं, ९ जेठ । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए ।
भूकम्पले क्षति पुगे/नपुगेकोबारे स्पष्ट भइसकेको छैन । यसअघि यही जेठ ६ गते मात्र कास्कीको सिनुवा आसपास केन्द्र भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।