Logo

बोलीले होइन नागरिकले कामबाट परिवर्तन खोजेका छन्: मन्त्री गुरुङ



स्याङ्जा, १२ पुस । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरको आज चापाकोट-६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले भने, “बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ ।”

मन्त्री गुरुङले नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी रहेको बताएका छन् ।

छोटो सम्बोधन गरेका मन्त्री गुरुङले स्थानीय सरकारका रुपमा चापाकोट नगरपालिकाले गाउँ-गाउँका नागरिकलाई लक्षित गरी वडा-वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्