झापा, २५ कात्तिक । विद्यार्थी नपाएर सुनसान भद्रपुरको मेची बहुमुखी क्याम्पसले पुर्नजीवन पाउन थालेको छ । दुई वर्ष अघिसम्म विद्यार्थी नभएर सुनसा नबनेको क्याम्पसमा अहिले विद्यार्थीको चाप बढ्न थालेको छ । क्यापसले पछिल्ला वर्षमा प्राविधिक विषयका फ्याकेल्टी थपेपछि विद्यार्थीको संख्यामा वृद्धि भएको हो ।
डेढ दशक अघिसम्म मेची बहुमुखी क्याम्पसमा छ हजारको संख्यामा विद्यार्थी अध्ययनरत थिए । त्यसबेला विद्यार्थीको चाप थामि नसक्नु थियो । त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह हटाएपछि क्याम्पसमा विद्यार्थीको संख्या घटेको हो ।
प्रमाणपत्र तह हटेसँगै मेची क्याम्पसमा स्नातक तहका विद्यार्थीको संख्य पनि घटेको थियो । कानुन संकायमा विद्यार्थी नहुँदा संकायनै बन्द भयो । जुन अहिलेसम्म संचालन हुन सकेको छैन ।
मानविकी, व्यवस्थापन, विज्ञान विषय अध्ययन अध्यापन गराउँदै आएको क्याम्पसले अंग्रेजी, नेपाली र मानवशास्त्रको स्नाकोत्तर तहमा ९८ जना विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ । स्नाकोत्तर तहको एमबिएसमा तहमा १ सय ५ जना विद्यार्थी अध्ययनरत छन् ।
क्याम्पसमा सबै भन्दा बढी बिबिएमा ३ सय ८७ जना विद्यार्थी अध्ययनरत छन् । बिएससीमा ३ सय ४६ जना विद्यार्थी छन् भने कम्प्युटर विषयको बिसिएमा १ सय ८ जना विद्यार्थी छन् । कम्प्युटर विज्ञान अन्तर्गतको बिएसआईटीमा ७२ जना विद्यार्थी अध्ययनरत छन् ।
मानवीकी संकायको बिएमा १ सय ९७ जना विद्यार्थी छन् । बिसिएमा तेस्रो र बिएसआईटीमा दोस्रो व्यज पढाइ भइरहेको छ । बिबिए, बिसिए, बिएसआईटी जस्ता विषयमा त्रिविले तोकेको कोटामा मात्र विद्यार्थी भर्ना लिइने परीक्षा शाखाका प्रमुख तुलसीराम चौहानले बताए ।
त्रिविविबाट स्वयत्तता पाएपछि मेची क्याम्पस प्राविधिक तथा रोजगार मूलक विषयका कक्षा थपिएका हुन् । स्वायत्तताले सम्बन्धन लिन सहज भएको क्याम्पस प्रमुख कमल गराईले बताए ।
ि
वज्ञान संकायको नयाँ भवन निर्माण भएरहेको छ । कम्प्युटर साइन्स बिएसआईटीका कक्षा नयाँ भवनमा हुने क्याम्पस प्रमुख गुरागाईले जनाए । उनले भने, एमबिए र एमएससी कक्षाको सम्बन्धन लिने तयारी छौँ ।
मेची क्याम्पस बिस्तारै गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएको छ । मेचीको धेरै विद्यार्थी भएको आंगिक क्याम्पस हो । क्याम्पसमा सस्तो शुल्कमा गुणस्तरीय शिक्षाको पढाई हुन थालेपछि निरास बनेका विद्यार्थी, अभिभावक र स्थानीयमा आशा जागन थालेको छ ।
एक दशक अघिसम्म हूलका हूल विद्यार्थीको ओहोरदोहोर हुने क्याम्पसमा तीन वर्ष अघिसम्म चकमन्न थियो । फट्टफुट्ट मात्र विद्यार्थी भेटिन्थ्ये क्याम्पसमा । तर, अहिले बिस्तारै क्याम्पसको बातावरण फेरिँदै गएको छ । पूर्वाधार पनि थपिँदैछन् । नयाँ नयाँ विषयमा पठन पाठन हुन थालेको छ । भवन मात्र होइन, पार्क निर्माणले पनि क्याम्पसको आकर्षण थपिएको छ । एक प्रकारले मृत जस्तै भएको मेची क्याम्पस अहिले बिस्तारै तंग्रिन थालेको छ ।
फोटो फिचर