Logo

ब्राउनसुगरसहित लिम्बू पक्राउ



झापा, ८ असार । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

मंगलबार साँझ ७ बजे बिर्तामोड-२ चारपानेबाट ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका वडा नं.४ बस्ने ३१ वर्षिय चन्द्रबहादुर लिम्बूलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्लाष्टिकको पोकाभित्र ३४ ग्राम ब्राउनसुगर फेला परेपछि नियन्त्रणमा लिई झापा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्