ब्राजिल, ३० पुस । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोले देशको काङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्ने बिषयमा ब्राजिलको सर्वोच्च अदालत सहमत भएको छ ।
न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले पूर्व राष्ट्रपति बोल्सोनारोले दङ्गाको दुई दिनपछि फेसबुकमा पोस्ट गरेको भिडियोलाई उद्धृत गर्दै भएको अनुसन्धानमा बोल्सोनारोलाई समावेश गर्न अभियोजकको कार्यालयबाट अनुरोध गरेका थिए ।
लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतिमा निर्वाचित नगरिएको तर सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको दाबी गरिएको छ ।
यद्यपि बोल्सोनारोले दङ्गापछि भिडियो पोस्ट गर्नुभएको थियो भने अर्को दिन यसलाई हटाएका थिए।
बोल्सोनारोले अक्टोबर ३० मा पराजय भोगेपनि चुनावबारे निरन्तर टिप्पणी गरिरहेका छन् । उनले मतदानको दौडान इलेक्ट्रोनिक मतदान प्रणालीको विश्वसनीयताको बारेमा बारम्बार शङ्का उत्पन्न गर्दै त्यसपछि मेशिनको प्रयोग गरेर खसालिएका लाखौं मतपत्रहरू रद्द गर्न अनुरोध गर्दै आएका छन् । उनले आफुमाथि लगाइएका आरोपलाई कहिल्यै स्वीकार गरेका छैनन् ।
पूर्व राष्ट्रपतिको कुनै पनि दाबी प्रमाणित भएको थिएन र निर्वाचनको परिणामलाई बोल्सोनारोका केही सहयोगी र प्राय विदेशी पर्यवेक्षक तथा सरकारहरूले कानुनी रूपमा मान्यता दिएका थिए ।







