Logo

ब्राजिलका सेना प्रमुख जुलियो बर्खास्त



काठमाडौँ, ८ माघ । ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त भएका छन् ।

ब्राजिलको सशस्त्र बलको आधिकारिक वेबसाइटले जनरल जुलियोलाई सेनाको प्रमुखबाट हटाइएको जनाएको छ ।

ब्राजिलमा गएको जनवरी ८ तारिखमा संसद् भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतसहित सरकारी कार्यालयमा तोडफोड भएको थियो । यो घटनामा प्रभावकारी भूमिका निभाउन नसकेको आरोपमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सेना प्रमुख जुलियोलाई बर्खास्त गरेको समाचार संस्था एपीले जनाएको छ ।

गएको डिसेम्बर ३० तारिखमा सेनाको कमाण्ड सम्हालेका उनी तीन हप्तामै पदबाट बाहिरिएका छन् । ब्राजिलको सर्वोच्च अदालतले संसद् भवनमाथिको आक्रमणको बारेमा छानबिन गरिरहेको छ । जसमा पूर्वराष्ट्रपति बोल्सो नारोलाई मुख्य योजनाकार मानिएको छ ।

ब्राजिलमा गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै बोल्सो नारोका समर्थकले प्रदर्शन गर्दै आएका छन् । लुलाले जनवरी १ तारिखमा पदभार ग्रहण गरेपछि कम्तीमा १ सय ४० सैन्य अधिकारीलाई बर्खास्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्