ब्राजिल, ४ फागुन । ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ ।
उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
सान्ता क्याटारिना राज्यको फ्लोरियानो पोलिस राज्यको कारागारको एउटा कोठामा रहेको एउटा डसना (गद्दा)बाट आगलागी सुरू भएकोे पेनिटेन्टियरी अफेयर्स कमिसनका प्रमुख विलियम शिन्जाटोले जानकारी दिए ।
ब्राजिलको बार एशोसिएशन अर्डर अफ लयर्सका अनुसार तीनै जनाको मृत्यु धुवाँले निस्सासिएर भएको पुष्टि भएको छ ।