Logo

ब्राजिलमा आपराधिक समूहलक्षित कारबाहीमा परि नाै जनाकाे ज्यान गयाे



ब्राजिल, १८ साउन । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ ।

भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरीले कारबाही तीव्र पारिएको हो ।

ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ ।

अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरी शक्तिको दुरुपयोगको चिन्तालई अस्वीकार गर्दै भनेका छन्अपराधीहरू ‘साङ्लो जस्तै मर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्