काठमाडौं, २३ असार। ब्राजिललाई ४-२ गोलले अन्तरले पराजित गर्दै रुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।
जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलको ७४औं मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । त्यस्तै, हारसँगै ब्राजिलको कोपा अमेरिकाको यात्रा सकिएको छ ।