काठमाडौँ, २४ असार । बेलायतको कन्जर्भेटिभ पार्टीले सन् १९८७ यता निर्वाचनमा प्रभावशाली विजय बोरिस जोनसनले गराएका थिए । तर, उनी निर्वाचित भएको तीन वर्ष पनि नपुगी उनले आफ्नै सांसदको समर्थन गुमाएका छन् । उनले दलको नेताबाट राजीनामा दिन बाध्य भएका छन् । उनी यो अवस्थामा कसरी पुगे रु मुख्य पाँच कारण यस्ता छन् ः
क्रिस पिन्चर प्रकरण
सांसद तथा कन्जर्भेटिभ पार्टीका तात्कालिक सहायक मुख्य सचेतक क्रिस पिन्चर जुन २९ मा लन्डनस्थित एउटा निजी क्लबमा पुगे । त्यहाँ उनले उनकै शब्दमा निकै मदिरा पिए र आफैँलाई लाजमर्दो हुने काम गरे ।
उनलाई दुई पुरुषमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो । त्यसपछि वर्षौँअघिका घटनासँग सम्बन्धित कैयौँ आरोपहरू थपिए । त्यसपछि विकसित घटनाक्रम प्रधानमन्त्री जोनसनको पतनको कारण बन्यो ।
ुडाउनिङ स्ट्रीटले गत फेब्रुअरीमा पिन्चरलाई सहायक मुख्य सचेतक नियुक्त गर्नुअघि उनीविरुद्ध लागेका निश्चित आरोप बारे आफूलाई जानकारी नभएको प्रधानमन्त्री जोनसनले बताए ।
यौन दुर्व्यवहारको आरोपपछि अघिल्लो हप्ता क्रिस पिन्चर निलम्बित भएका थिए । यौन दुर्व्यवहारको आरोपपछि अघिल्लो हप्ता क्रिस पिन्चर निलम्बित भएका थिए । मन्त्रीहरूले पनि त्यही धारणा दोहोर्याए । तर त्यो गलत भएको प्रमाणित भयो ।
जुलाई ४ गते बीबीसीले जोनसनलाई औपचारिक उजुरीबारे जानकारी रहेको खबर प्रकाशित गर्यो । त्यसको एक दिनपछि एक भूतपूर्व सरकारी कर्मचारी लर्ड म्याक्डोनल्डले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा नै त्यो उजुरीबारे जानकारी गराइएको बताए । प्रधानमन्त्री जोनसनले आफूलाई सन् २०१९ मा त्यसबारे भनिएको भन्दै पिन्चरलाई सहायक मुख्य सचेतक नियुक्त गरिएकोमा माफी मागे ।
भोज प्रकरण
यसै वर्षको एप्रिलमा प्रधानमन्त्रीलाई लकडाउनको समयका नियमहरू भङ्ग गरेकोमा जरिवाना गराइएको थियो । जुन २०२० मा आफ्नो जन्मदिनका अवसरमा आयोजित एउटा भोजमा उनी सहभागी भएका थिए ।
पहिलो लकडाउनमा आफ्नो लागि आफैँ मदिरा लिएर आउनू भन्ने सन्देशसहित डाउनिङ स्ट्रीटको बगैँचामा आयोजना गरिएको भोजमा सहभागी भएकोमा पनि उनले माफी मागेका थिए । प्रधानमन्त्री जोनसनमाथी पार्टीगेट प्रकरणमा अहिले पनि संसद्को कमिटीले छानविन गरिरहेको छ ।
मेट्रोपोलिटन प्रहरीले ८३ जनालाई डाउनिङ स्ट्रीट र ह्वाइट हलमा लकडाउनसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२६ वटा जरिवाना गराएको थियो । एक वरिष्ठ सरकारी अधिकारी सू ग्रेको प्रतिवेदनले राजनीतिक कर्मचारीले शृङ्खलाबद्ध रूपमा सामाजिक गतिविधि गरेको उल्लेख गरेको थियो । उनले लेखेकी थिइन्, केन्द्रमा रहेका वरिष्ठ राजनीतिक तथा निजामती नेतृत्व दुवैले यसको जिम्मेवारी लिनुपर्छ।
गत डिसेम्बरमा जोनसनले हाउस अफ कमन्समा नम्बर १० मा सबै मार्गनिर्देशनहरूको पालना गरिएको बताएका थिए । संसदीय समितिले अहिले जोनसनले जानीजानी संसद्लाई ढाँटेको हो वा होइन भन्ने विषयमा छानबिन गरिरहेको छ ।
जीविकोपार्जनमा सङ्कट र करवृद्धि
यो वर्षको सुरुदेखि नै महँगी चुलिन थालेको छ। अहिले मुद्रास्फीति ९।१ प्रतिशत छ । धेरै कुरा बोरिस जोनसनको नियन्त्रणबाहिर थियो । उदाहरणका लागि, रुसले युक्रेनमाथि गरेको आक्रमणले तेलको र खानेकुराको मूल्य बढाएको छ ।
तर, सरकारले केही प्रयासहरू पनि गरेको छ । उदाहरणका लागि, इन्धनमा लगाइएको कर प्रतिलिटर पाँच पेन्सले घटाइएको थियो र एप्रिलमा कर बढाइँदा पनि त्यसलाई निरन्तरता दिइएको थियो । न्याश्नल इन्स्योरन्स पाउन्डको दरमा १.२५ पाउन्डले बढेको थियो ।
सरकारले करवृद्धिबाट स्वास्थ्य र सामाजिक सुरक्षामा सहयोग पुग्ने बताएको थियो । तर यो साता भएको परिवर्तनले धेरैलाई प्रभावित पारेको छ । एक वर्षमा ३४ हजार पाउन्डभन्दा धेरै कमाउने प्रत्येक व्यक्तिले थप तिर्नुपर्ने नियम ल्याइएको थियो ।
ूजीवनयापन गर्ने खर्च धान्न एकदम नराम्रो सङ्कट उत्पन्न भएको बेला सरकारले गरिखाने वर्गमाथि थप कर लगाउने बाटो रोज्यो, लेबर नेता सर कीअर स्टार्मरले एप्रिलमा बताएका थिए ।
ओवन प्याटरसन विवाद
सन् २०२१ को अक्टोबरमा हाउस अफ कमन्सको समितिले तात्कालिक कन्जर्भेटिभ सांसद ओवन प्याटरसनलाई ३० दिन निलम्बन गर्ने निर्णय गरेको थियो ।उनले लबिङसम्बन्धी नियम उल्लङ्घन गरेको र आफूलाई रकम दिने कम्पनीहरूलाई लाभ गराउने प्रयास गरेको भनाइ उक्त समितिको थियो ।
तर, प्रधानमन्त्रीको नेतृत्वमा कन्जर्भेटिभहरूले उनको निलम्बनलाई स्थगन गर्ने पक्षमा मतदान गरे । उनीहरू कसरी अनुसन्धान अघि बढाइयो भन्ने जाँच गर्न नयाँ समिति गठन गर्ने पक्षमा उनीहरू उभिए ।
चर्को विरोध भएपछि प्याटरसन राजीनामा दिन बाध्य भए । प्रधानमन्त्री जोनसनले आफू उक्त घटनामा चुकेको पछि स्वीकार गरेका थिए ।
ध्यान र सोचको अभाव
बोरिस जोनसनले प्रभावशाली जित हासिल पार्दा उनको स्पष्ट र सजिलो नीति थियोः ब्रिटेनलाई युरोपेली सङ्घ ईयूबाट अलग्ग्याउनु । उनका आलोचकका त्यसपछि डाउनिङ स्ट्रीटमा विचार र ध्यानको अभाव भयो ।
कुनै बेला उनका सल्लाहकार रहेका र पछि आलोचक बनेका डोमिनिक कमिङ्सले जोनसनलाई बारम्बरलाई एकै ठाउँमा अडिन नसक्ने अनियन्त्रित मनस्थिति भएको व्यक्तिको सङ्ज्ञा दिने गरेका छन् ।
अरूले पनि प्रधानमन्त्रीको दर्शन छ कि छैन भनेर समेत प्रश्न उठाएका थिए । गत जुन महिनामा कन्जर्भेटिभ सांसद र पूर्वमन्त्री जेरमी हन्टले जोनसनसँग ूनिष्ठा, क्षमता र दृष्टिकोण नभएको आरोप लगाएका थिए ।
विश्वासको प्रस्तावमा मतदान हुनुअघि उनले त्यस्तो टिप्पणी गरेका थिए । मतदानमा जोनसन जोगिए पनि उनीविरुद्ध गुनासाहरू बढ्दै गएका थिए ।
कन्जर्भेटिभ पार्टीले उपचुनावमा निरन्तर पराजय खेप्नुपर्यो । पछिल्लो परिणामपछि जोनसनले आफूले मनोवैज्ञानिक रूपान्तरण नगर्ने बताएका थिए ।
तर अहिले त्यो नै कन्जर्भेटिभ सांसदहरूका लागि चिन्ताको विषय बन्न पुग्यो । उनीहरूले आफ्नो धारणा राखेका छन् र जोनसन अब पदबाट हट्न लागेका छन् ।बीबीसीबाट