Logo

ब्रेकअपपछि पूर्वप्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग



चीन, ६ असार । चीनको साङ्घाइका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति माग गरेका छन् ।

सांघाइका ती व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को वहस सुरु गरेको छ । धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन् ।

ती व्यक्तिले तयार पारेको सूचीमा ‘दुई बोतल पानी’ जस्तो सामान्य खर्चदेखि ‘एक्स गर्लफ्रेन्डीकी’ बिरामी आमाको हेरचाह खर्चसमेत समावेश गरेका छन् । उनको विस्तृत कागजातमा प्रत्येक खर्च जोडीलाई नै बाँडिएको थियो वा पूर्वप्रेमिका एक्लैले लाभ उठाएकी थिइन भन्नेसमेत उल्लेख छ ।

महिलाले खर्च गरेको रकमको ५० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । पूर्वप्रेमिकालाई अस्पताल भर्ना गर्न लागेको खर्चसमेत ‘खर्च सूचीमा’ समावेश गरेका छन् । डेटिङ गर्दा समग्रमा उनले कुल ७२ हजार युआन खर्च गरेको दाबी गरेका छन् । तर, उनले ६० हजार युआन क्षतिपूर्ति माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्