काठमाडौँ, २८ जेठ । भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भक्तपुरलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको धक्का उपत्यका आसपासका जिल्लामा पनि महसुस भएको थियो ।