बिर्तामोड, २८ जेठ । नेकपा एमालेका सांसद योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिएका छन् ।
।
शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
भेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराएकी थिइन् । सांसद भट्टराईले नगरको विकासका लागि आफुले सदैव सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने, समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो ।