Logo

भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला



काठमाडौँ, ३२ साउन । नेपाल बैंकर्स संघले भदौका लागि बैंक व्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको व्याजदर बढाउन सक्ने देखिएको छ । साउनमा केही बैंकले व्याजदर बढाएर निक्षेप थपेपछि भदौमा निक्षेप कम भएका बैंकले व्याजदर बढाएर तान्न सक्ने देखिएको हो ।

कुनकुन बैंकले व्याज बढाएर निक्षेप तान्दैछन् भन्ने खुलेको भने छैन । गत असार अन्तिममा बैंकर्स संघले व्याजदरमा लागू हुँदै आएको भद्र सहमति तोडेको थियो । त्यसपछि केही बैंकहरूले आ-आफ्नै तरिकाले व्याजदर निर्धारण गर्दै आइरहेका छन् । भदौमा पनि यही प्रवृत्ति कायम रहने देखिएको हो ।

साउनमा व्याजदर नबढ्ने गरी भद्र सहमति तोडिए पनि केही बैंकहरूले आफू अनुकूल व्याजदर बढाएका थिए । त्यसैको निरन्तरतास्वरुप केही बैंकहरूले भदौका लागि व्याजदर बढाउन सकिने देखिएको छ । बैंकहरूले महिनाको मसान्तमै व्याजदर प्रकाशन गर्नुपर्ने हुन्छ । सोहीअनुसार बिहीबार बैंकहरूले नयाँ व्याजदर प्रकाशन गर्नुपर्नेछ ।

पछिल्लो समय अर्थतन्त्रमा सुस्तता आएका कारण समग्र बजार तथा सरकारको समेत चाहना व्याजदर घटाउने रहेको छ। तर, केही बैंकले व्याजदर बढाए नवढाउने बैंकको निक्षेप गुम्न सक्ने डर रहन्छ ।

केहीले व्याजदर बढाउँदै गर्दा केहीले गत साउनमा ब्याजदर बढाएनन् । व्याजदर नबढाउने सहमति गराएर व्याजदर बढाएपछि केही बैंकरले असन्तुष्टि जनाउँदै आएका छन् ।

ुव्याज नबढाउने भनेर सहमति गरियो । पछि आफैँ मनलाग्दी व्याज बढाइयो,ु एक वाणिज्य बैंकका सीईओले भने, ुभद्र सहमति तोड्नु गलत भयो । आजको कारोवार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्