Logo

भदौ पहिलो साताभित्र सीट बाँडफाँड गरिसक्ने गठबन्धनको निर्णय



काठमाडौँ, २० साउन । सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले भदौ पहिलो साताभित्र सीट बाँडफाँडलगायतका सबै तालमेलसम्बन्धी काम टुंग्याउने निर्णय गरेको छ । त्यसका लागि कार्यदल बनाइएकाे नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिए ।

कार्यदल ९ सदस्यीय रहेको छ । जसमा प्रत्येक दलबाट कम्तिमा दुई सदस्य छन्।

Avatar

प्रतिक्रिया दिनुहोस्