Logo

भदौ २२ सम्म उम्मेदवारहरूको नाम सिफारिश गरी पठाउनुपर्ने: एमाले



काठमाडौँ, २१ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिश गर्ने काम पार्टीका मातहत कमिटीमा धमाधम भइरहेको छ ।

पार्टीको केन्द्रीय कमिटीको चौथो बैठकले यही भदौ २२ गतेसम्म उम्मेदवारहरूको नाम सिफारिश गरी पठाउनुपर्ने निर्णय गरेको थियो ।

उम्मेदवारका रूपमा नाम सिफारिश भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूचि १४ र १७ बमोजिमको मञ्जुरीनामामा हस्ताक्षर गर्नुपर्ने भएकाले सम्बन्धित कमिटीले उक्त अनुसूचिका साथै देहाय बमोजिमको विवरण अनिवार्यरूपमा संलग्न गरी पठाउन पार्टीको केन्द्रीय कार्यालयले अनुरोध गरेको छ ।

पठाउनुपर्ने कागजातहरू:
१.    नेपाली नागरिकताको प्रमाणपत्र
२.   सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेश गर्नुहुन)
३.   मतदाता नामावलीमा नाम भएको विवरणः
मतदाता क्रम संख्याः
वडा नंः
गाउँ\नगरपालिकाः
प्रदेशः
जिल्लाः

प्रतिक्रिया दिनुहोस्