काठमाडौँ, २९ असार । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि पुन: काठमाडौँ त्रिभुवन विमानस्थलमै फर्किएर अवतरण भएको छ ।
६६ जना यात्रु लिएर भद्रपुरका लागि दिउँसो १ बजेर ५३ मिनेटमा उडेको (नाईन एन-एजेओ) जहाजको इन्डिकेशनमा समस्या देखिएपछि फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उक्त विमान दुई बजेर १० मिनेटमा फर्किएको हो ।





