झापा, ५ असार । भद्रपुर नगरपालिकाका ७५ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय युवा करण तामाङको नेतृत्वमा ७५ जना युवाहरु कांग्रेसमा प्रवेश गरेका भद्रपुर नेबिसंघका नगर सदस्य अञ्जन अधिकारीले जानकारी दिए ।
उनीहरुलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफनै निवासमा पार्टीमा स्वागत गरेका हुन् ।