
झापा, ५ जेष्ठ । भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् । उपप्रमुखमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की निर्वाचित भएकी छन् ।
भद्रपुरको नगरप्रमुख पदमा भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका पोखरेल विजयी भएका हुन् ।
प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार असारु राजवंशीले ९ हजार ७ सय ५९ मतका साथ उपविजेता बनेका छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले ६ हजार ३ साय १० मत प्राप्त गरेका छन् ।
उपप्रमुख पदमा राप्रपाकी कार्कीले ९ हजार २ सय ३० मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार शिवकुमार राजभण्डारीले ८ हजार ५ सय ३३ मत पाएका छन् ।







