Logo

भद्रपुरदेखि चेप्टीसम्म साइकल यात्रा



झापा, २७ चैत । मेची बहुमुखि क्याम्पस भद्रपुरमा अध्ययनरत विद्यार्थीहरुले भद्रपुरदेखि इलामको चेप्टीसम्म साइकल यात्रा गरेका छन् ।

साइकल यात्रा प्रबर्द्धन अभियान सञ्चालन गर्ने उद्देश्यले पाँच जना साइकलयात्री विद्यार्थीहरुले शनिबार करिब १०० किलोमिटर दूरीको यात्रा गरेका हुन् ।

साइकलयात्रीहरुमा इलामका किशोर खनाल, बद्रीनाथ भट्टराई, अशोक बस्नेत, मोरङका धुर्ब लम्साल र पाँचथरका सुर्य गुरागाईं रहेका थिए ।

अभियानका क्रममा बढ्दो इन्धन खपत कम गरौँ, साइकल यात्रा गरौँ, बध्यता होइन आवश्यकता हो, स्वस्थ्य र खर्च दुबै जोगाउन साइकल यात्रा गरौ जस्ता नाराहरु लगाइएको हेल्पिङ्ग हेन्ड्सका निवर्तमान अध्यक्ष मिराज पोखरेल जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्