Logo

भद्रपुरमा किशोरीलाई होटलमा लगेर करणी गर्ने युवा पक्राउ



झापा, १० जेठ । भद्रपुरकी एकजना किशोरीलाई होटलमा लगेर करणी गरी गर्भ बोकाउने युवालाई प्रहरीले पक्राउ गरेको छ । उनले स्थानीय एक किशोरीलाई ८ महिनाअघि करणी गरेका बताइएको छ ।

पक्राउ पर्नेमा भद्रपुर-५ बस्ने अन्दाजी २० वर्षका शंकर राजवंशी रहेका छन् । उनलाई कनकाई-८ लक्ष्मीपुरमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

राजवंशीले २०८१ असोज २४ गते बिहान ४ः३० बजेदेखि राति ९ बजेसम्मको समयभित्र भद्रपुरको एक होटलमा १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

घरमै हातखुट्टा सुन्निएर सिकिस्त भएपछि स्थानीयको सहयोगमा भद्रपुर नगर प्रहरीले बिहीबार साँझ उद्धार गरी युवतीलाई प्रादेशिक अस्पताल भद्रपुर भर्ना गरेका थिए ।

पीडितका बुवाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि हिजै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखुर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्