Logo

भद्रपुरमा प्रहरीले चलायो गोली, दुईजना ब्राउनसुगर कारोबारी पक्राउ



झापा, २४ असार । भद्रपुरमा प्रहरीले गोली प्रहार गरी लागूऔषध ब्राउनसुगर कारोबारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले आज दिउँसो भद्रपुर-८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडि गोली प्रहार गर्दै दुई जना कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीको गोली प्रहारबाट एक कारोबारी घाइते भएका छन् । उनको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्