Logo

मतगणना स्थगित गर्ने दलको चेतावनी पछि भद्रपुरमा नयाँ सहमति



झापा, १ जेठ । सर्वदलीय सहमति बिपरित झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले दलका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश निशेध गरेपछि राजनीतिक दलले बिरोध गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत गौतमले दलका प्रतिनिधिलाई दिएको प्रवेश पास भन्दा भिन्न पास जारी गरी प्रवेशमा रोक लगाए पछि दलहरुले मतगणना स्थगित गर्ने चेतावनी दिएका हुन् । दलहरुको गणना स्थगित गर्ने चेतावनी पछि भद्रपुरका मुख्य निर्वाचन अधिकृत गौतमसँगको सर्वदलीय छलफलपछि दलका प्रतिनिधिलाई प्रवेश गर्न दिने सहमति भएको नेकपा (माओवादी केन्द्र)का ३ नम्बर क्षेत्रीय इन्चार्ज डिल्लीराम घिमिरे(हिक्मत)ले बताए ।

सहमति कार्य गरेको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलले मतगणना स्थगित गर्ने चेतावनी दिएका थिए । तर, मुख्य निर्वाचन अधिकृत गौतमसँगको छलफलपछि दलका प्रतिनिधिलाई प्रवेश गर्न दिने सहमति भएको माओवादी केन्द्रका इन्चार्ज हिक्मतले बताए । उनले कर्मचारीलाई भन्दा आफुहरुलाई मतगणनाको चिन्ता भएको बताए । उनले दलसँगको सहमति बिपरित अधिकृतको कार्यप्रति आपत्ति गरिएको बताए ।

नेपाली काँग्रेस भद्रपुरका कार्यबाहक सभापति रमेश झाले दलले प्रतिनिधिले गणनाको अनुगमन गर्न पाउनु पर्ने बताए । नेकपा एमाले प्रदेश कमिटी सदस्य घनश्याम अधिकारीले निर्वाचन अधिकृतको गैरजिम्मेवार कार्यले समस्या आएको बताए । राप्रपाका तर्फबाट नगर प्रमुखका उम्मेदवार नवराज पनेरुले दलका प्रतिनिधिलाई प्रवेशमा रोक लगाउने कार्यले मतगणनालाई विश्वासनीय नबनाउने बताए ।

भद्रपुरको वडा नम्बर १ र २ को परिणाम आइसकेको छ भने वडा नम्बर ३ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्