Logo

भद्रपुरमा माओवादी केन्द्रः वडा–वडामा वाइसीएल गठन हुँदै



भद्रपुर, २१ चैत । माओवादी केन्द्र भद्रपुर नगर कमिटीले संगठन निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै नगर कमिटीले विभिन्न भातृ संघ–संगठन गठन, पुनःगठनलाई तीव्रता दिएको हो ।

यसैबीच, नेकपा (माओवादी केन्द्र) २ नं. वडा समितिको आयोजनामा दुर्गा मगर (सञ्जिप)को अध्यक्ष ५१ सदस्यीय वाइसीएल वडा नं. २ कमिटी गठन गरेको छ ।

नवगठित कमिटीको उपाध्यक्षहरु सक्षम तामाङ, डेञ्जे राई, डिके खुलाल, सचिव विक्लप खनाल, सह–सचिव कुसल बिक, प्रसन बिक, बिमल गुइदे र कोषाध्यक्ष रबि धमला रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ३ इञ्चार्ज डिल्ली घिमिरेले युवाकै बलिदान र संघर्षबाट आजको परिवर्तनका आएको बताए । उनले उपलब्धिलाई रक्षा गर्दै भोको पेट र नाङ्गो आँङसम्म खाना र नाना पु¥याउन युवा शक्ति लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी नेताहरु खगेन्द्र पराजुली, नरेश सञ्जेल, तारामणि सापकोटा, शिवकुमार राजभण्डारी, मानु तामाङले लगायतले नवगठित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए ।

पार्टीका २ नम्बर वडाध्यक्ष नीरप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन थिरेन्द्र पौडेल र स्वागत राजु दाहालले गरेका थिए ।

एक घर एक वाइसीएलको फराकिलो घेराबाट अघि बढ्ने नव गठित कमिटीको योजना रहेको अध्यक्ष मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्