Logo

भद्रपुरमा युवतीमाथि आक्रमण गर्ने युवक  पक्राउ



झापा, १८ जेठ । झापाको भद्रपुरमा एक युवतीमाथि आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

एसएस निकेतनमा अध्यन्रत भद्रपुर नगरपालिका ९ की छात्रा श्रेया राईलाइ आक्रमण गर्ने भद्रपुर नगरपालिका ६ भानु चौक बस्ने १८ वर्षीय अभिषेक कर्ण उक्राउ परेका हुन् ।  १७ वर्षीया राईलाई स्कुल बसबाट ओर्लिनेबित्तिकै आज विहान ११ वजेको समयमा १८ वर्षीय कर्णले धारिलो हतियार दाउ प्रहार गरेका थिए ।

दाउ प्रहार गरी भाग्दै गरेको अवस्थामा प्रहरीले  नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ। घाइते श्रेयाको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपभार भईरहेको प्रहरीले जनाएको छ ।

टाउको र दुबै हातमा चोट लागेकी राईलाई कर्णले हतियार प्रहार गर्नुको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको झापा प्रहरीका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्