झापा, २८ मंसिर । झापाको भद्रपुर नगरपालिकामा शौचालयमा लडेर एक व्यक्तिको मृत्यु भएको छ। भद्रपुर–४ लुरुङ चोक निवासी ४२ वर्षीय देबेन्द्र देवान आफ्नै घरको शौचालयभित्र प्रवेश गर्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए।
घटना हिजो दिउँसो करिब १ बजेको समयमा भएको हो। घाइते देवानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
देवान छारे रोग (मिर्गी) का बिरामी रहेको बुझिएको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरी टोली खटिएर अनुसन्धान सुरु गरेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि शवगृहमा राखिएको प्रहरीले जनाएको छ।







