Logo

भद्रपुर झापा गोल्डकप: उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै



झापा, १६ फागुन । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदै छ ।

झापा–११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो ।

प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी थिए । विजेता टोलीलाई रु १३ लाख तथा उपविजेतालाई सात लाख नगद प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्