भद्रपुर, १३ माघ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपमा निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि प्रवेश निःशुल्क गरिने भएको छ ।
गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीसँगै निजी तथा संस्थागत विद्यालयका विद्यार्थीलाई पनि खेल हेर्दा शुल्क लाग्ने छैन ।
यसअघि भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरिएको थियो ।
महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला विद्यार्थी पठाउनुपर्ने छ ।
सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई खेलकुदसँग जोड्न सहज होस् भनेर प्रवेश निःशुल्क गरिएको सल्लाहकार टिकाराज ढकालले बताए ।