भद्रपुर, ३१ वैशाख । भद्रपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् ।
८७० मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गणेश पोखरेलले ३३९ मत पाएका छन् भने एमालेका असारू राजवंशीले १९९ मत ल्याएका छन् । राप्रपाका नवराज पनेरूले १७७ भोट पाएका छन् ।
त्यसैगरी, उपमेयरमा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ३३३ मत पाएका छन् भने एमालेकी कौशल्या अधिकारीले २०५ र राप्रपाकी राधा कार्कीले १८३ मत ल्याएकी छन् ।