Logo

भद्रपुर माविमा व्यवस्थापन समिति निर्वाचित



भद्रपुर, ७ पुस । भद्रपुर माद्यमिक विद्यालय व्यवस्थापन समितिका चार जना सदस्य निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनमा कूल खसेको मत १८५ मा तेजलाल राजवंशी १५१, उमेश चौधरी ११४, अनिता मण्डल १०८ र सुनिता राजवंशीले ९२ ल्याइ सदस्यमा निर्वाचित भएका छन् । ७ मत बदर भएको थियो ।

व्यवस्थापन समितिमा वडाध्यक्ष, प्रधानध्यापक र शिक्षक प्रतिनिधि पदेन सदस्य हुने व्यवस्था छ । साता जनाको समितिले शिक्षाप्रेमी र विद्यालयलाई आर्थिक सहयोग गर्ने मध्येबाट एक-एक जना मनोनितसहित निर्वाचित, पदेन र मनोनित गरेर ९ सदस्यीय व्यवस्थापना समिति हुने व्यवस्था छ । ९ सदस्यीय समितिले अध्यक्ष चनोट गर्नेछ । (यस अघि प्रकाशन भएको समाचारमा अध्यक्ष निर्वाचित भनिएकोमा भुलसूधार गरिएको छ सम्पदाक ।)

प्रतिक्रिया दिनुहोस्