झापा, १ जेष्ठ । भद्रपुर नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कँडेल निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय भद्रपुरका अनुसार कँडेलले १३०९ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिमबहादुर सुब्बाले १०७० मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेद्वारले ८८६ मत ल्याएका छन् ।
यसैगरी महिला सदस्यमा ममता लिम्बु ११२१ मतका साथ एमालेकी उम्मेद्वार विजय भइन् भने उनको निकट प्रतिस्पर्धी राप्रपाकी उम्मेद्वारले ९४७ मत पाएकी थिइन् ।
त्यस्तै दलित सदस्यमा एमालेकी उम्मेद्वार देविका बसेल ११३४ मतका साथ विजय भइन् भने निकट प्रतिस्पर्धीमा राप्रपाका उम्मेद्वारले ९२६ मा सिमित बनएका छन् ।
यसैगरी वडा सदस्यमा द्रोणप्रसाद कोइराला ११०६ मत र लिलाराज निरौला १०८५ मतका साथ एमाले उम्मेद्वार विजयी भएका छन् ।
त्यस्तै दुईवटा वडाको मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वार गणेश पोखरेलले २३४७ मतका साथ अग्रतालाई बढाउदै लगेका छन् । उनका पछिपछि एमालेका असारु राजवंशी १७७८ मतका साथ पछ्याइरहेका छन् भने राप्रपाका नवराज पनेरुले १६१५ मतका साथ तेस्रो स्थानमा छन् ।