Logo

भन्सार छलेर भारततर्फ लैजाँदै गरेको नेपाली ढाकाको झोला बरामद



झापा, १ पुस । भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा मेचीनगर नगरपालिका-५ काली मन्दिर छेउबाट प्रहरीले चार बोरा नेपाली ढाकाको झोला बरामद गरेको छ ।

मेचीनगर-५ का ३० वर्षीय बाबुल राजवंशीले अवैध ढंगले सामान भारततर्फ लैजाँदै गरेको अवस्थामा हिजो राति प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको झोला र पोते पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्