Logo

भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको चिनी बरामद



झापा, ३० साउन । भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आइतबार प्रहरीले बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको केजी चिनी आइतबार नै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्