Logo

भरतपुरमा आज सत्ता गठबन्धनकाे सभा



चितवन, २२ वैशाख । सत्तारुढ पाँचदलीय गठबन्धनले बिहीबार भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछ । सभामा सम्बोधन गर्न गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन् ।

भरतपुरको हाकिमचोकस्थित केन्द्रीय बस टर्मिनलमा हुने सभामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले पनि सम्बोधन गर्ने छन्।

भरतपुर महानगरको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल सत्ता गठबन्धनको साझा उम्मेदवार उम्मेदवार छिन्। उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

महानगरप्रमुखको दाैडमा रहेका कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल सत्तारुढ पाँचदलीय गठबन्धनकी उम्मेदवार दाहालका लागि चुनाैती बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्