Logo

भरतपुरमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज



चितवन, ८ कात्तिक । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिकाको २४ कोठीदेखि वीरेन्द्र क्याम्पस चोकसम्मको सडक खण्डमा गाडी सञ्चालनमा आएको छ ।

शङ्कास्पद वस्तु देखिएपछि यो सडक खण्डमा गाडी चलेका थिएनन् । प्रहरीले शङ्कास्पद वस्तु डिस्पोज गरेसँगै पूर्व-पश्चिम राजमार्गको भरतपुर महानगरपालिकाको २४ कोठीदेखि वीरेन्द्र क्याम्पस चोकसम्मको सडक सञ्चालनमा आएको हो । शङ्कास्पद वस्तुलाई सेनाको टोलीले बेलुका ५ बजेतिर डिस्पोज गरेको हो ।

चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले त्यो वस्तु तर्साउने नियतले राखिएको पाइएको बताए । त्यो वस्तु के हो? भन्ने यकिन नभएको तर तर्साउने नियतले राखिएको पाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्