Logo

भरतपुरमा रेनु विजय सुवेदीभन्दा ५ हजार १३३ मतले अगाडि



चितवन, ७ जेष्ठ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार १३३ मतले अग्रता बनाएकी छन् ।

अहिलेसम्म ७० हजार ४ सय ७४ मत गणना गर्दा दाहालले २७ हजार ४ सय १२ मत पाएकी छन् ।

मेयरका अर्का प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २ सय ७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५ सय ५२ मत पाएका छन् ।

यस्तै, उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले २९ हजार ५ सय २५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले १७ हजार ३ सय २५ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्