Logo

भरतपुर महानगरपालिका: विजयलाई चार मतको अग्रता



चितवन, २ जेष्ठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।

सोमबार विहानको मत परिणाम अनुसार सुवेदीले तीन हजार ६३३ मत पाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ६२९ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् ।

त्यसैगरी, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले दुई हजार ८६१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्