Logo

भरतपुर मेयरमा रेनु दाहाल २५२९ मतले अगाडि



भरतपुर, ५ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २५२९ मतको अग्रता बनाएकी छन् । बुधबार राति ११ः ५५ बजेको अध्यावधिक विवरणअनुसार उनको मतान्तर थप बढेको हो ।

भरतपुरमा आजसम्म ३४१८१ मतगणना सम्पन्न भएको छ । जसमा रेनु दाहालले १२७२९ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले १०२०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५४८१ मत पाएका छन् ।

यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४९९० मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८२७७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्