Logo

भाडाका सैनिक पठाउने रुसी कम्पनीको ‘मुख्यालयमा आक्रमण’



रुस, २६ मंसिर । रुसलाई भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहको मुख्यालयमा युक्रेनी सेनाले आक्रमण गरेको दाबी पूर्वी युक्रेनको लुहान्स्कका निर्वासित गभर्नरले गरेका छन् ।

सेर्हिइ हाइडाईका अनुसार लुहान्स्कको काडिइभ्कामा उक्त समूहले बैठक गर्न प्रयोग गरेको एउटा होटलमा आक्रमण गरिँदा त्यहाँ ठूलो क्षति भएको छ ।

बीबीसीले उक्त होटल वाग्नरले प्रयोग गरेको दाबीलाई स्वतन्त्र रूपले पुष्टि गर्न सकेको छैन ।

सप्ताहान्तमा दक्षिणी युक्रेनमा समेत लडाइँ चर्किएको छ । त्यहाँ रुसले ओडेसालाई तारो बनाएको छ भने युक्रेनले मेलिटोपोल सहरको एउटा ठाउँमा बम आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्