Logo

भारतका चर्चित निर्देशक प्रदीप सरकारको निधन



काठमाडौं, ११ चैत । भारतका चर्चित फिल्म निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षीय सरकारको निधनबारे उनका साथी हंसल मेहताले सामाजिक सञ्जालमा जानकारी दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

निर्देशक प्रदीपको निर्देशनमा परिणीता, हेलिकप्टर इला र मर्दानी जस्ता हिट फिल्म बनेका छन् । प्रदीपले सन् २००५ मा फिल्म परिणीताबाट निर्देशनको दुनियाँमा प्रवेश गरेका थिए ।

उनले सन् २००७ मा लागा चुनरी मे दाग, २०१० मा लफंगे परिन्दे र २०१४ मा रानी मुर्ख्जीको फिल्म मर्दानी निर्देशन गरेका छन् । फिल्मसँगसँगै उनले फोर्बिडन लभ र दुरंगा जस्ता वेब सिरिज पनि निर्देशन गरेका छन् ।

प्रदीपको निधनमा बलिउड शोकमा डुबेको छ । उनको निधनमा अभिनेता मनोज बाजपेयीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेरका छन् । उनी लेख्छन्, यो घटनाले निकै स्तब्ध भएको छु । हजुरको आत्माले शान्ति पाओस ।

प्रतिक्रिया दिनुहोस्