Logo

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन



काठमाडौं, २४ असोज । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा ८६ वर्षको उमेरमा उनको निधन भएको हो ।

उनलाई उपचारका लागि ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगले ग्रसित थिए ।

२८ डिसेम्बर सन् १९३७ मा जन्मिएका टाटाको ९ अक्टोबर २०२४ मा निधन भएको हो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया दिनुहोस्